कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक आज बस्दै

NAWALPUR TIMES

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक आज बस्दै
1627478214500

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश गरेसँगै त्यसबारे आवश्यक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ ।

यसअघि कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी बोर्डले गरिरहेका बेला पुनः स्थगित गर्न स्वास्थ्य मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई सिफारिश गरेपछि नयाँ निर्णय गर्न बोर्डको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।

तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिश गरेको हो । मन्त्रालयले हिजो शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।

त्यही अनुसार सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology