बौदीकालीमा निर्माणाधीन पक्की पुल बाढीले बगायो

NAWALPUR TIMES

बौदीकालीमा निर्माणाधीन पक्की पुल बाढीले बगायो
1623860971341

कावासोती । पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ ।

बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले टेलिफोनबाट दिए । उनका गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा पुल निर्माणाधीन छ ।

पुलको स्लाब (माथिल्लो भाग) ढलानको काम हुँदै गर्दा पुल बगाएको हो । अर्को महिना पुलबाट गाडी हिँडाउन मिल्थ्यो काम नसकिँदै बग्यो । पानीले पुलको दुबै पिल्लर हल्लाएर भासिएपछि पुलको माथिल्लो भाग (स्लाब) खोलामा खसेको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology