संघीय शिक्षा ऐन ल्याउने तयारीमा सरकार

NAWALPUR TIMES

संघीय शिक्षा ऐन ल्याउने तयारीमा सरकार
education ministry2019 05 16

काठमाडौं, २५ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताउनुभएको छ । उहाँले २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्ने गरी संघीय शिक्षा ऐनको तयारी भइरहेको बताउनुभयो ।मन्त्री श्रेष्ठले भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५, नैकापस्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यको उद्घाटन समारोहमा यस्तो जानकारी दिनुभएको हो ।

उहाँले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको जिकिर गर्दै त्यसका लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताउनुभयो ।चन्द्रागिरि नगरपालिका–१५, नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पार्नुभयो ।कार्यक्रममा मन्त्री श्रेष्ठले २०७२ सालको भूकम्पबाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गरेको पनि बताउनुभयो ।उहाँले करिब ७० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरिेरहेको भारत सरकारले २८ वटा आंगिक क्याम्पस बनाउने तयारी गरेको जानकारी दिँदै त्यसका लागि पनि नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्नुभयो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology