अब विद्यार्थीले कक्षा १० मा पनि भर्ना हुन पाउने

NAWALPUR TIMES

अब विद्यार्थीले कक्षा १० मा पनि भर्ना हुन पाउने
1613472898676

काठमाडौं, ४ फागुन । विद्यार्थीले अब कक्षा १० मा पनि भर्ना हुन पाउने भएको छ ।सरकारले शिक्षा नियमावलीको नवौं संशोधन गरेको छ । संशोधित नयाँ नियमवली अनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाएको जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जनाएको छ ।

यसअघि वैवाहिक सम्बन्ध वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा हुनुपरेमा कक्षा १० मा भर्ना हुन पाइने व्यवस्था थियो । त्यो बाहेकले कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।

अब मूल नियमावलीको ८० मा ‘‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’ व्यवस्था गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology