कक्षा १२को नतिजा एक महिना भित्रै

NAWALPUR TIMES

कक्षा १२को नतिजा एक महिना भित्रै
see exam1

काठमाडौं,मंसिर १७। कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । एक साताभित्र परीक्षण
परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ ।

तीन सातामा बाँकी तयारी
शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ । त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ ।

सङ्क्रमितलाई परीक्षाको अवसर
यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।

शैक्षिक सत्र क्षति नहुने
कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीले एक महिनाभित्र नतिजा हात पारेपछि शैक्षिक सत्रमा कुनै क्षति नहुने विश्वास बोर्डको विश्वास छ ।
परीक्षामा नयाँ प्रयोग
कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी अधिकारीहरूले दिएका छन् । मङ्सिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मङ्गलबार सकिएको हो । गोरखापत्र दैनिकबाट

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology