चितवनमा थप ६५ जनामा कोरोना पुष्टि, एउटै वडाका ३७ जना संक्रमित

NAWALPUR TIMES

चितवनमा थप ६५ जनामा कोरोना पुष्टि, एउटै वडाका ३७ जना संक्रमित
received 402035130687189 1

भरतपुर । चितवनमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा परीक्षण गरिएका १९६ मध्ये ६५ वटा नमूनामा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये ६१ जना चितवन जिल्लाका हुन् ।

अस्पतालका माइक्रोबायोलोजिष्ट नवीनकुमार चौधरीकाअनुसार रत्ननगर नगरपालिकाको एउटै वडाका ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ।

रत्ननगर नगरपालिकाको वडा नम्बर ४ का ३५ जना पुरूष र दुई जना महिलामा संक्रमण भएको छ।

त्यस्तै, भरतपुर महानगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर ४ मा दुई महिला र १३ पुरूषसहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

महानगरका वडा नम्बर २, ६, १४, १९ र २८ का एक–एक जनामा कोरोना देखिएको छ।

वडा नम्बर १० मा भने ७० र ३५ वर्षका दुई पुरूषमा कोरोना संक्रमण देखिएको हो। भरतपुर महानगरपालिकाका संक्रमितहरू २२ देखि ७० वर्ष उमेर समूहका छन्।

यस्तै राप्ती नगरपालिकाको वडा नम्बर ८ निवासी २३ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

नवलपुरको गैंडाकोट १० का ४६ वर्षीय पुरूष, तनहुँको भानु ४ का ३३ वर्षीय पुरूष, रुपन्देहीको लुम्बिनी ३ का ३२ वर्षीय पुरूष र पाल्पाको रम्भा ३ का ६४ वर्षीय पुरूषमा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology