सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
received 1470707643686983

कावासोती  । पूर्वी नवलपरासीको कावासोतीमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको समन्वयमा अदालती कार्य प्रकृया तथा उजुरी फर्छयौट सम्बन्धी सो अन्तरकृया सम्पन्न भएको हो ।

कावासोती नगरपालिका अन्तर्गत रहेका माध्यमिक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि सो कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक अनिता कोइरालाले सहभागीहरुलाई सुशासनका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालय नवलपुरका सह जिल्ला न्याधिवक्त्ता बुद्ध बहादुर थापाले मुद्दा तथा उजुरी दर्ता एवं प्रतिउत्तर सम्बन्धी प्रकृयाका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो भने शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माले समन्वय ईकाईले गरेको गुनासो व्यवस्थापनको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तर्फबाट शासकीय सुधार शाखाकी शाखा अधिकृत विजया सत्यालले केन्द्रमा मुद्दा तथा उजुरीको वर्तमान अवस्थाका बारेमा सहभागीहरुलाई अवगत गराउनुभएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कावासोती नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं १७ का वडाध्यक्ष चुरामणि थनेत, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल, सरस्वती नमुना माध्यमिक विद्यालय हसौराका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्राविधिक सहायक तिलक खड्काले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology