रामचन्द्र पौडेलले गरे तनहुँमा पुल उद्घाटन

NAWALPUR TIMES

रामचन्द्र पौडेलले गरे तनहुँमा पुल उद्घाटन
pul1606982131

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्।

पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेताहरू पनि सहभागी छन्।

 

बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो।

यो पुल उद्घाटन कांग्रेस नेताले गर्न नहुने भन्दै नेकपाले नेकपा नेताकै हातबाट उद्घाटन गर्नुपर्ने बताउँदै आएका थिए।

यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology