बाघको आक्रमणबाट वन हेरालुको मृत्यु

NAWALPUR TIMES

बाघको आक्रमणबाट वन हेरालुको मृत्यु
1630119538

कावासोती । नवलपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक बनमा बाघको आक्रमणबाट सोहि पालिकाको वडा नं. १ का ६२ वर्षका जित बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ।
सोहि सामुदायिक वनको हेरालु रहेका उनि शनिवार अपरान्ह नियमित गस्तीमा गएका बाघको आक्रमणमा परेका थिए ।उनको खोजीको क्रममा आइतबार (आज) विहान ८ बजे विनयी सामुदायिक वनको क्षेत्र भित्र पूर्वपश्चिम राजमार्गदेखि २ सय मिटर पर मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आइतबार नै आफन्तको जिम्मा लगाइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology