नवलपुर जेसीस वर्ष २०२२ को अध्यक्षमा राधिका भुसाल निर्वाचित

NAWALPUR TIMES

नवलपुर। नवलपुर जेसीज बर्ष २०२२ का अध्यक्षमा  राधिका भुसाल निर्वाचित भएकी  छन । १३ औ बार्षिक साधारण सभा तथा १२ औ शाखा अधिवेसनबाट राधिका भुसाल निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी रमेश अधिकारीलाई ५ मतले पछाडी पर्दे भुसाल निर्वाचित भएको निर्वाचन समितीका संयोजक राधा उपाध्यायले जानकारी दिए ।खसेको ३० मतमा भुसालको पक्षमा १७ मते अधिकारीकोे पक्षमा १२ मत खसेको थियो भने एक मत बदर भएको निर्वाचन समिती जानकारी दिएके छ। अध्यक्ष पदमा निर्वाचन भएपनि अन्य पदमा भने सर्वसहमत भएको छ ।

 

१२ औ शाखा अधिवेसनबाट कार्यकारी उपाध्यक्ष अनु सिग्देल र निरञ्जन बगाले सर्वसहमत भएका छन ।त्यसैगरी उपाध्यक्षमा विमल कुमार जोशी ,भुपराज पोख्रेल,दिपक बहादुर शाही र श्याम अधिकारी चयन भए छन बाकी महासचिब, कोषाध्यक्ष र कानुनी सल्लहकार अध्यक्षले चयन गर्ने प्रावधान रहेको छ । ३१ जना सदस्य रहेको नवलपुर जेसीज शाखाको १३ अधिवेसन बिहिबार सम्पन्न भएको थियो ।

 

२००९मा स्थापना भएको नवलपुर जेसीजले दोस्रो पटक महिला अध्यक्ष पाएको छ । पहिलो महिला अध्यक्ष २०१९ मा राधा उपाध्याय बन्न सफल भएकी थिइन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology