नवलपुर क्षेत्र नं २ : पुन:गणना गर्दा पनि मत बराबर, गोला प्रथाबाट टुङ्गो लगाईदै

NAWALPUR TIMES

नवलपुर क्षेत्र नं २ : पुन:गणना गर्दा पनि मत बराबर, गोला प्रथाबाट टुङ्गो लगाईदै
Congress Nepali Congress1632365932 1

कावासोती । चार दिनअघि मतगणनामा बराबरी भएको नेपाली कांग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिबार गणना गर्दा फेरि पनि बराबर भएको छ ।

निर्वाचन अधिकृत चुडामणि कंडेलले शनिबार गरिएको दोश्रो मतगणनामा पनि क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले बराबर ३९४ मत पाएका हुन् ।

गत बुधबार गणना गर्दा मत बराबरी भएपछि शनिबार कावासोती पार्टी कार्यालयमा पुन: गणना भएको हो । गत बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका दुई उम्मेदवारको मत बराबरी भएपछि दुवै उम्मेदवारले पुनः गणनाको माग गर्दै गोला तान्न अस्वीकार गरेका थिए ।

शनिबार दोस्रो पटक पनि बराबर मत आएपछि अब गोला तानेर निर्णय लिइने बताइएको छ । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदबार बनेका हुन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology