एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

NAWALPUR TIMES

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै
jagga Y8syD6QqlF2022 06 04 07 55 54

काठमाडौं,जेठ २१। सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गामा पहिलो पटक यस्तो प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार नापी विभाग र केन्द्रीय तथ्याङ्क विभागले यो प्रविधि प्रयोग गरे पनि जग्गाको मूल्याङ्कनमा भने यसअघि प्रयोग गरिएको थिएन ।

 

जग्गाको  उचाइ,  उब्जनी,  अवस्थिति,  खानेपानी, सिँचाइजस्ता विविध पक्षका आधारमा  जग्गाको  मूल्याङ्कन  गरी  मूल्य  निर्धारणसँग जोड्न खोजिएको छ ।

 

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology