हुप्सेकोटमा “अध्यक्षसँग विद्यालय सुधार कार्यक्रम” सुरु

NAWALPUR TIMES

हुप्सेकोटमा “अध्यक्षसँग विद्यालय सुधार कार्यक्रम” सुरु
IMG 20230615 WA0007

पुर्बी नवलपरासीको हुप्सेकोटमा “अध्यक्षसँग
विद्यालय सुधार कार्यक्रम”  सुरु भएको छ । बिहिवार हुप्सेकोट गाउँपालिका ३ स्थित सरस्वती संस्कृत तथा साधारण माध्यमिक बिध्यालय गिरुवारीबाट कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम सुरु गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले विद्यालय सुधारको प्रमुख संवाहक नै शिक्षक र बिध्यार्थी भएको बताउँदै शैक्षिक अवस्था सुधार एवम गुणस्तर वृद्धिका लागि बिध्यार्थी,अभिभावक, शिक्षक र विद्यालय ब्यवस्थापन बिच मैत्रीपुर्ण ब्यवहार र सामुहिक ईच्छा शक्ति आवश्यक रहेको बताईन ।


पाण्डेले कार्यक्रम मार्फत बिध्यार्थि, विद्यालय ब्यवस्थापन,शिक्षकसङ्ग फरक फरक रुपमा छलफल गरिने भएकाले शैक्षिक गुणस्तर वृद्धिमा कार्यक्रम कोशेढुङ्गा सावित हुने बिश्वास ब्यक्त गर्दै शैक्षिक गुणस्तर वृद्धि तथा बिध्यालयको भौतिक अवस्था सुधारका लागि हुप्सेकोट गाउँपालिका प्रतिबद्ध रहेको बताईन । गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरेको बताउँदै उनले गाउँपालिकाको आगामी निति तथा कार्यक्रम एवम बजेट मार्फत शिक्षा क्षेत्रको बिकाशका लागि थप कार्यक्रम अगाडी बढाउने जानकारी दिईन ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक नाथ घिमिरेले “अध्यक्ष सँग विद्यालय सुधार कार्यक्रम” पालिका भित्रका रहेका १२ वटा माध्यमिक बिध्यालयमा संचालन गरिने जानकारी दिए । कार्यक्रम ३ चरणमा संचालन भएको थियो । जसमा गाउँपालिका अध्यक्ष,गाउँपालिका प्रशासनले फरक फरक रुपमा बिध्यार्थी,शिक्षक तथा विद्यालय प्रशासन संग सम्वाद गरेका थिए भने विद्यालय प्राङ्गणमा सरसफाई समेत गरिएको थियो ।

सम्वादमा सहभागीहरुले दिएको सुझाबलाई दस्ताबेजिकरण गरि प्राथमिकताका आधारमा गाउँपालिकाले शिक्षा नितिमा समाबेश गर्ने बताईएको छ । सहभागीहरुले उठाएका जिज्ञासा माथि अध्यक्ष पाण्डेले जवाफ दिएकी थिईन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology