रन्जित राना
नवलपुरको कावासोतीमा स्वतंत्र युवाहरुले धन्यवाद र्याली निकालेका छन।भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारमा विजय भएका बालेन शाह, हर्क साम्पाङ्ग र गोपाल हमालको बिजयको खुशीयालीमा कावासोतीका स्वतंत्र युवाहरूले धन्यवाद र्याली निकालेका हुन । र्यालीमा उपस्थित भएका स्वतन्त्र युवाहरुको समुहले कावासोतीको फलफुल चोक बाट थकाली चोक, नगरपालिका भवन हुदै फलफुल चोकमा आएर कोणसभा गरी कार्यक्रम सम्पन्न गरेका छन। पवन भुर्तेलको संयोजकत्वमा भएको र्यालीमा युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।पछिल्लो समय राजनैतिक पार्टीका नेताहरुको कार्यशैलीबाट दिक्क भएका युवा पुस्ताहरु स्वतन्त्र उमेदवारको पक्षमा खुलेरै प्रस्तुत हुन थालेका छन।
Facebook Comment