सरकारी विदा अवज्ञा

NAWALPUR TIMES

सरकारी विदा अवज्ञा
bidaa

काभ्रे । 

नेपाल सरकारले आईतबार थप गरेको विदाको सरकारी स्तरबाटै अवज्ञा शुरु भएको छ । विशेषगरी स्थानीय सरकारले संघ सरकारको निर्णय अस्विकार गर्दै विद्यालय खुल्ने निर्णय गरेका हुन् ।

जिल्लामा बनेपा, मण्डन, खानिखोला, चौरी देउराली गाउँपालिकाले निर्णय गरेर विद्यालय बन्द नहुने निर्णय गरेका छन् भने महाभारत लगायतका पालिकाहरुले निर्णय नगरी विदाको अवज्ञा गरेका छन् ।‘दुई दिनको विदाले बालबालिकाहरुलाई असर पुग्ने देखेर हामीले अलग्गै निर्णय गरेका हौं’–चौरैदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भन्नुभयो–‘जेठ १ गते देखि शुरु भएको विदा गाउँपालिकामा सञ्चालित सरकारी, गैरसरकारी, बैक तथा वित्तिय संस्थाहरुको हकमा लागु हुँदैन ।यि कार्यालयहरुबाट प्रदान गर्ने सेवा नियमित संचालन हुनेछ । जेठ १२ गते जारी भएको सुचना अनुसार कार्यान्वयनमा आई सकेको छ । चौरीदेउराली लगायतका अधिकांश पालिकाहरुले यस्तै निर्णय गरेर विद्यालय र अन्य कार्यालय संचालन गरेका छन् । नीजि क्षेत्रका विद्यालयहरुले भने सरकारी निर्णयको शुरु देखि नै अवज्ञा गरिरहेका थिए । एक हप्ता पनि नटिक्ने हचुवाका भरमा गरिएको निर्णयको सर्वत्र विरोध र अवज्ञा शुरु भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology