विनयी त्रिवेणीमा बाघको आक्रमणबाट महिला घाइते

NAWALPUR TIMES

विनयी त्रिवेणीमा बाघको आक्रमणबाट महिला घाइते
tiger pate

नवलपुर । नवलपुरको विनयी  त्रिवेणी गाउँपालिका १ सिसेनीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

४० वर्षीया पिथीमा दर्लामीलाई घर नजिकैको सामुदायिक वनमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरेको स्थानीयहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेद बहादुर पौडेलका अनुसार बाघको आक्रमणबाट घाइते भएकी दर्लामीलाई जिल्ला अस्पताल मध्यविन्दुमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल चितवन लगिएको छ । बाघले आक्रमण गर्दा दर्लामीको हात र खुट्टामा चोट लागेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology