राईनो संरक्षण गोल्डकपको छैटौं संस्करण माघ २७ गते देखि

NAWALPUR TIMES

राईनो संरक्षण गोल्डकपको छैटौं संस्करण माघ २७ गते देखि
1703382057381

कावासोती । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यहि माघ २७ गते बाट हुने सुरु हुने भएको छ ।

नवलपुरको मध्यविन्दु-२ कोल्हुवामा रहेको राईनो रंगशालामा माघ २७ देखि फागुन ९ गते सम्म राईनो क्लबको आयोजनामा प्रतियोगिता सन्चालन हुने शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा विभागीय टिम प्रदेश स्तरको टिम सहित गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र द्वितीय हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता आउँदै गरेकोमा पछिल्लो समय सोही नाममा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना सुरु गरिएको हो ।

पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को सहयोग रहने बताए ।

मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले एक सिङ्गे गैंडा संरक्षणमा प्रतियोगिताले महत्त्वपूर्ण सन्देश दिने बताउदै प्रतियोगिता मध्यविन्दु नगरपालिका र सिङ्गो नवलपुरको गौरवको विषय रहेकाले प्रतियोगिता सम्पन्न गर्न मध्यविन्दु नगरपालिकाको साथ र सहयोग रहने बताएका छ्न ।

७० लाख लागत लाग्ने प्रतियोगिता सम्पन्न गर्न नन्द भाउजू उपभोक्ता समिति, मध्यविन्दु नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डब्लुडब्लु एफ, एन्फा, प्रदेश तथा संघ सरकारको सहयोग रहने पत्रकार सम्मेलनमा राईनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology