उपचारको नाममा सहयोग माग्दै ठगी गर्ने २ जना पक्राउ

NAWALPUR TIMES

उपचारको नाममा सहयोग माग्दै ठगी गर्ने २ जना पक्राउ

कावासोती । मृत्यु भएकी बालिकाको उपचारको लागि सहयोग उठाउएर ठगी गर्दै हिडने २ जना पक्राउ परेका छ्न ।

उपचारको नाममा सहयोग माग्दै ठगी गर्दै हिडेका गैडाकोट नगरपालिका वडा नं ८ बस्ने एक बहादुर नेपाली र विजयराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बारा जिल्लाको कोल्हवी नगरपालिका-७ बस्ने राधेश्याम चौधरीको छोरी बर्ष १३ की दिक्षा चौधरीको दुवै मृगौला फेल भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराको पुरानो सिफारिस देखाएर कावासोती-१५ गोडारमा सहयोग उठाउदै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology