भरतपुरमा आमा छोरा मार्ने हात्ती ध्रुवे भएको पुष्टि, १७ वर्षमा २५ जनाको ज्यान लियो

भरतपुरमा आमा छोरा मार्ने हात्ती ध्रुवे भएको पुष्टि, १७ वर्षमा २५ जनाको ज्यान लियो

कावासोती । शनिबार राति चितवनको भरतपुर -२३ मा आमा छोरालाई आक्रमण गरेर ज्यान लिने हात्ती ध्रुवे हात्ती भएको पुष्टि भएको छ।

शनिबार राति  घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । आक्रमण गरेपछी ध्रुवे निकुञ्जको सुखिभार क्षेत्रमा पुगेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।

नौ वर्ष सम्मा शान्त देखिएको ध्रुवेले पुन: मानिस मारेको हो । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले मानिसलाई आक्रमण गरेको थिएन । प्राय: जसो सुखिभार क्षेत्रमा रहने ध्रुवे कहिले मेघौली तिर समेत देखिने गरेको स्थानीयले बताए ।

शनिबार रातिको घटनामा मृत्यु भएका आमा छोरा सहित ध्रुवेको आक्रमणबाट २०६६ साल यता २५ जनाको मृत्यु भैसकेको छ । २०६९ को कार्तिकमा एक महिनाको अवधिमा माडीमा ४ जनाको ज्यान लिएको ध्रुवेलाई मार्ने आदेश समेत दिएको थियो । सेनाको गोलिबाट बाचेको ध्रुवेलाई मार्न भनेर १६ लाख सम्म खर्च भएको बताईन्छ ।

ध्रुवेलाई गत २०८० को मंसिरमा अन्तिम पटक डार्ट गरेर दाह्रा काटिएको थियो  । दाह्रा काटने क्रमा  रेडियो कलर समेत जडान गरिएको थियो । यस अघि पनि तीन पटक सम्म ध्रुवेको दाह्रा काटिएको र दुईपटक रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ  ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology