१६ वर्षपछि नकआउट चरणमा पहिलो जित सहित स्पेन अन्तिम १६ मा

NAWALPUR TIMES

१६ वर्षपछि नकआउट चरणमा पहिलो जित सहित स्पेन अन्तिम १६ मा

कावासोती । अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेनले सन् २०१० पछि पहिलो पटक फिरफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ ।

फिफा विश्वकप २०२६ मा शुक्राबार बिहान भएको खेलमा  मिकेल ओयाजाबालको दुई गोल मदतमा स्पेनले अस्ट्रिया माथि सहज जित हात पारेको हो ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपकरुो नकआउट चरणमा पहिलो जित हात पारेको हो ।
स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेलको गोलबाट अग्रता लिएको स्पेनलाई ६६ औं मिनेटमा पेड्रोले गोल गर्दै अग्रता दोब्बर पारे।

ओयार्जाबल त्यति मै रोकिएनन्। खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology