कावासोती । नवलपुरकाे कावासोती नगरपालिका–३, सयपत्रीचोकस्थित भित्री सडक खण्डमा ट्याक्टरबाट खसेर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
पञ्चकन्याचोकबाट सयपत्रीचोकतर्फ जाँदै गरेको लु ४ त ९१५५ नम्बरको ट्याक्टरले अचानक ब्रेक लगाउँदा सोही ट्याक्टरमा सवार ५२ वर्षीय घमन सिं सार्की खसेका थिए। खस्ने क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते सार्कीलाई तत्काल उपचारका लागि कालिगण्डकी अस्पताल लगिएको थियो। उपचारपछि घर फर्काइएका उनलाई पुनः समस्या देखिएपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्याक्टर र चालक, मृतककै सहोदर भाइ ४९ वर्षीय खड्क बहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comment