नवलपुरमा सापकोटा र महतलाई एमालेको टिकट

NAWALPUR TIMES

नवलपुरमा सापकोटा र महतलाई एमालेको टिकट

कावासोती । नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुरको दुईवटै निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्गो लगाएको छ ।

एमालेले नवलपुर क्षेत्र नं १ मा भागिरथ सापकोटा र क्षेत्र नं २ मा तिल बहादुर महतलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो ।

नवलपुरको क्षेत्र नं १ र २ मा यस अघि २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । एमालेले क्षेत्र नं २ मा उम्मेदवार बनाएका महत यहि क्षेत्र बाट २०७९ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्की सँग पराजित भएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology