बाघको आक्रमणबाट कावासोतीमा एक जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८२ मंसिर २१ गते १८:०६
बाघको आक्रमणबाट कावासोतीमा एक जना घाइते

कावासोती । नवलपुरको कावासोती नगरपालिका–१५ शेरगञ्जमा बाघले आक्रमण गरी एकजनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

घरबाट दुई तीन किलोमिटर पूर्वमा रहेको गुन्द्रही  ढकाहा सामुदायिक वनमा घाँस काट्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले बताए ।

प्रकाशित : २०८२ मंसिर २१ गते १८:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI