बाघको आक्रमणबाट कावासोतीमा एक जना घाइते

NAWALPUR TIMES

बाघको आक्रमणबाट कावासोतीमा एक जना घाइते


कावासोती । नवलपुरको कावासोती नगरपालिका–१५ शेरगञ्जमा बाघले आक्रमण गरी एकजनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

Screenshot 20251211 134758 com whatsapp MediaViewActivity

घरबाट दुई तीन किलोमिटर पूर्वमा रहेको गुन्द्रही  ढकाहा सामुदायिक वनमा घाँस काट्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology