नवलपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

NAWALPUR TIMES

नवलपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

दलदलेबाट अपरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल सडक डाइभर्सनका लागि राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१४ अमरापुरीका ३२ वर्षीय जीवन क्षेत्रीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ३७ वर्षीय शंकर क्षेत्री घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology