यस वर्षको सूर्यभक्त-पतनादेवी स्मृति वाङमय पुरस्कार वात्स्यायनलाई

NAWALPUR TIMES
प्रकाशित : २०८२ मंसिर २० गते १९:१९
यस वर्षको सूर्यभक्त-पतनादेवी स्मृति वाङमय पुरस्कार वात्स्यायनलाई

कावासोती । यस वर्षको सूर्यभक्त-पतनादेवी स्मृति वाङमय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिएको छ ।

३३,३३३ रुपियाँ नगद राशि र सम्मान पत्र सहित वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल (वात्स्यायन)लाई गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा त्रिवेणी गोराबी कला पुरस्कार चितवनका चित्रकार लालकाजी लामा लाई रु २५ हजार नगद राशि सहित सम्मान पत्र र रु १५ हजार रुपियाँ नगद राशिको त्रिवेणी होमनाथ-भगवती कला-वाङमय पुरस्कार पोखराका वरिष्ठ चित्रकार गोपाल श्रेष्ठ लाई प्रदान गरिएको छ ।

प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा गैंडाकोट नगरपालिकाका नगरप्रमुख एवं कांग्रेस नेता मदनभक्त अधिकारीले सुर्यभक्त पतना देवि स्मृति वाङमय पुरस्कारको स्थापना गरेका थिए ।

प्रकाशित : २०८२ मंसिर २० गते १९:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI