रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निशुल्क अपरेसन शिविर सन्चालन गर्ने

NAWALPUR TIMES

रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निशुल्क अपरेसन शिविर सन्चालन गर्ने

कावासोती । रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निशुल्क अपरेसन शिविर सन्चालन गर्ने भएको छ ।

कार्तिक ११, १२ र १३ गते मध्यविन्दु प्रादेशिक अस्पतालमा मोतियाबिन्दुको उपचारका लागि अपरेसन शिविर सन्चालन गर्न लागिएको आईतबार कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको आँखा परीक्षण शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पतालमा आयोजना गरिने अपरेसन शिविरमा ल्याएर निशुल्क अपरेसन गरिने रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले जानकारी दिए ।

क्लबले यस अघि गैँडाकोटको दुई स्थान, मध्यविन्दुको एक स्थान , कावासोतीको पाँच स्थानमा र आज हुप्सेकोटमा आयोजना गरेको परीक्षण शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई निशुल्क अपरेसन गर्ने गरी शिविरको आयोजना गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । अपरेसन शिविरमा ३ सय जना मोतियाबिन्दुका बिरामीले अपरेसन गराउने आयोजकले अनुमान गरेको छ ।

विगत ६ वर्ष देखि नवलपुरमा मोतियाबिन्दुको अपरेसन शिबिर सन्चालन गर्दै आएको रोटरी क्लब अफ कावासोतीले जिल्लाका २५ हजार बढीको आँखा परीक्षण र ३ हजार बढिको मोतियाबिन्दुको अपरेसन निशुल्क अपरेसन गराएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology