त्यसो म पुस्तक पढीसकेपछी छोटो प्रतिक्रिया लेख्छु सधै तर म समिक्षक हैन । मलाई त्यो कसैले नभनिउन् नै भन्ने लाग्छ किन भने म पुस्तक पढेपछी आफ्ना मनमा लागेका कुरा लेख्छु , जसले मलाई स्वतन्त्रता दिन्छ ।
पत्रकार वसन्त पराजुलीको पहिलो उपन्यास हो ‘बखान’ , यो पढेपछी केही नलेखी बस्न सकिन । वसन्त दाइ पत्रकारितामा मेरा अग्रज हुन् , उनी संग लामो समयको संगत छ । त्यसकारण पनि म उनलाई पछ्याईरहने मध्यमा पर्छु , यस अघि कुमाता र मोम्चो पढेपछी पनि केही लेखेको थिएन , कुमाता माथी त मैले आफ्नो सस्था मार्फत् अन्तरक्रिया नै चलाएको थिए ।
पराजुलीको पहिलो उपन्यास हो बखान , यसमा चितवन जिल्लाको सामाजिक राजनीतिक इतिहास , वस्ती विकास , चितवनको विभिन्न सास्कृतिक पहिचान , निकुन्ज संग जोडिएका बिबिध पाटा र त्यस संग प्रत्यक्ष जोडिएका तर ओझेलमा परेका एक व्यक्तित्व बखानसिंह गुरुङको जीवनयात्रामा आधारित रहेर लेखिएको एक ऐतिहासिक–आख्यान हो।
पुस्तकमा लेखक आफैले भनेका छन् ‘ बखानसिंहका बारेमा अहिले सम्म कतै खासै लेखिएको पाईँदैन , त्यसकारण पनि यो लेख्न मलाई प्रेरित गर्यो ।’ हुन पनि हो लेखक पराजुली आफै ‘बखानपुर’ मा जन्मिएर हुर्किएका पात्र हुन् । बसन्तले यसको आबश्यकता देखे र लेखे ‘बखान ‘
पुस्तक यथार्थ घटनामा टेकिएको छ र कथाभित्र आवश्यक ठाउँमा कल्पनाको ‘जलप’ लगाइएको छ , यथार्थता र कल्पनाको यहि घोलाईले पुस्तकलाई ‘इतिहासको दस्तावेज’ मात्र होइन, पढिँदै जाँदा छोड्नै मन नलाग्ने एउटा पठनिय उपन्यास बनाएको छ ।
उपन्यासको केन्द्रीय पात्र हुन् बखानसिंह गुरुङ । जो प्रजातन्त्रका लागि लड्दा लड्दै दुई छोरालाई गुमाएका , सर्वस्वहरणमा परेका , आफै सेनाको जागिर छाडेर क्रान्तिमा होमिएका , नेपालको सहकारी अभियानका अग्रज, र चितवनको बस्ती विकासमा अतुलनीय भुमिका खेलेका प्रेरणादायी पात्र हुन् । जसलाई लेखकले उपन्यास भित्र इमान्दार पुर्वक प्रस्तुत गर्ने कोसिस गरेका छन् । उनको इतिहास माथि न्याय गर्ने कोसिस गरेका छन् । उपन्यास लेख्दै गर्दा पठनीय बनाउनु लेखकको धर्म हो , त्यसमा उनले केही कुरामा आफ्नो कल्पना को जलप लगाएको भएपनी बिषय संग टाढाको दुरि कायम नगरेको हुनाले पाठक उत्साहित हुन्छन् ।
उपन्यासको कथा विशेषगरी २००७–२०१० सालतिरको राजनीतिक उथलपुथल र त्यसअघि पछि फैलिएको सामाजिक परिवर्तन संगै सुरु हुन्छ र कथाका केन्द्रिय पात्र ‘बखान सिंह’ मन्त्री बनेको सेरोफेरोमा सकिन्छ । यसले चितवनको भौगोलिक ,पर्यावरणीय पाटोसँगै तराईमा बसाइँसराइ र बस्ती विकासको इतिहासलाई पनि उपन्यासले सहायक बिषय बनाएको छ ।
उपन्यासले खास गरि प्रजातान्त्रिक आन्दोलनमा कसरी मानिसहरु लागेका थिए र उनिहरु कसरी प्रजातन्त्र आन्दोलनमा कटिबद्ध थिए भन्ने कुरा आफ्नो पात्र बखान सिंह मार्फत भन्ने प्रयास गरेको छ । नेपालको राजनितिक ईतिहास बुझ्दै नबुझी भर्खरै सबै कुरा भएको हो र देशमा केही पनि भएको छैन भनेर सोच राख्ने जो कोहिले यो पुस्तक पढ्नै पर्छ ।
लेखकले बखान सिंह मार्फत नेतृत्व प्रतिको बितृष्णा र बिद्रोहलाई पनि उजागर गरेका छन् जसले नेतृत्वले कार्यकर्ताको भावना विपरित गए बिद्रोह गर्न सक्छन् भन्ने कुरा विभिन्न घटना मार्फत उजागर गरेका छन् , जसले गर्दा लेखकले आठ दशक अघिको राजनिती देखि अहिलेको राजनितिलाई एउटै मालामा जोडेर पाठकलाई प्रस्ट पारेका छन् ।
पराजुलीको पत्रकारिताबाट प्राप्त भएको अनुशासन, ज्ञान , तथ्य, सन्दर्भ, काल–क्रम उपन्यासमा स्पष्ट देखिन्छ। भाषा सरल र प्रवाहयुक्त छ । जसले नयाँ पाठकलाई समेत पठनमा झिंजो लाग्दैन ।ओझेलमा परेका एक महत्वपूर्ण पात्रको जीवनलाई साहित्यिक प्राथमिकता दिनु नै बसन्तको साहस हो । म त भन्छु यो चितवनका लागि त एउटा महत्वपूर्ण उपहार हो ।
बखानले धेरै बिषयहरुलाई समेट्न खोज्दा कतै कतै कथा बहकिएको महसुस पाठकले अबश्य गर्छन् तर मुलपात्र संग बिषयको कनेक्सन जोडिएपछी फेरि लयमा फर्किएको अनुभव हुन्छ ।
‘बखान’ले दस्तावेजहरुको प्रमाण लाई समातेको छ र उपन्यासको मर्मलाई मर्न दिएको छैन । बखानले ती समयको कथा भनेको छ , जो अहिलेको पुस्ताको लागि निकै महत्वको बिषय हो । अहिलेका पुस्ताले त पढ्नै पर्ने पुस्तक हो बखान , राजनितिमा लागेका हौं भनेर आफुलाइ नयाँ पुस्ताको प्रतिनिधि ठान्ने जो कोहिले यो पढ्नै पर्छ , जसले राजनीतिमा त्याग , धैर्यता , बलिदान र संघर्षका कथाहरुलाई निकै सरल रुपमा भनेको छ ।
सबै कुरा मैले लेखे भने तँपाईको कौतुहलता प्रती अन्याय हुन सक्छ । ५ सय ९५ तिरेपछी पुस्तक भित्रको सबै कौतुहलता मेटिन्छ , असल साहित्यका पारखीका लागि मुल्यले खासै माने पनि नराख्ला , पुस्तक पढ्न मेरो सिफारिस छ ।
प्रकाशित : २०८२ भदौ १७ गते २१:३२
Facebook Comment