ट्रम्पको अफर: ५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस्

NAWALPUR TIMES

ट्रम्पको अफर: ५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस्
5f4df3f16c5d8 Trump Remark On Astra

कावासोती । पद सम्हालेदेखि नै गरेका निर्णयका कारण विश्वभर चर्चामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को नयाँ कार्यक्रमको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार ट्रम्पले यो कार्यक्रम अन्तर्गत कार्ड खरिदका लागि ५० लाख अमेरिकी डलर अर्थात् ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिने जनाएका छन् ।

विश्वभरका धनी विदेशी नागरिकलाई अमेरिकाले यो गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरुको नागरिकता पाउने बाटो खुल्ने मात्र होइन, त्यहाँ बस्न र काम गर्न अनुमतिसमेत पाउनेछन् । ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन् ।’

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । यस्तै उनले यो कार्ड रुसी अर्बपतिहरुलाई पनि बिक्री गर्ने जनाएका छन् ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology