गैँडाको आक्रमणपछि जंगलमा हराएकी महिला मृत फेला

सन्जय भट्टराई
प्रकाशित : २०८१ माघ २४ गते १४:११
गैँडाको आक्रमणपछि जंगलमा हराएकी महिला मृत फेला

कावासोती । नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहेकी महिला आज बिहीबार मृत फेला परेकी छन्।

चार साथीहरुसँगै घाँस काट्न गएकामध्ये एकजनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो। अन्य दुईजना सकुलस फेला पर्दा एकजना बेपत्ता भएका थिए।

गैँडाको आक्रमणबाट देवचुली– १ मिलन चोक निवासी ३३ वर्षीया कुमारी आले घाइते भएकी छिन् भने ४७ वर्षकी राममाया सोती बेपत्ता भएकी थिइन्। स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा आज दिव्यमध्यवर्ती सामुदायिक वनभित्र उनको शव फेला परेको हो।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का बनाउने तयारी गरिरहेको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। उनको सरिरमा केही चोट देखिएको छ। घटनाको अनुसन्धान भईरहेकोले उनको मृत्युका कारण तत्काल भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०८१ माघ २४ गते १४:११
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI