कावासोती । नवलपुरका तिन पालिकालाई जोड्ने आलोक चक्रपथको झ्यालबास -डण्डा खण्डको कालोपत्र हुने भएको छ ।
हुप्सेकोटको गिरुबारी, झ्यालबास कावासोतीको डण्डा हुँदै मध्यविन्दुको कोल्हुवा,चौराहा, वसन्तपुर र हुप्सेकोटकै गिरुबारीलाई जोडिने गरि निर्माण गरिने चक्रपथको झ्यालबास-डण्डा खण्डबाट कालोपत्र सुरु गरिने ग्रामीण सडक सन्जाल आयोजनाका संयोजक प्रेमदत्त भट्टले बताए ।
चक्रपथको ८.६ किलोमीटर बराबरको झ्यालबास-डण्डा खण्डमा सडक चौडा बनाएर कालोपत्र गर्नका लागि यो क्षेत्रमा पर्ने कुल वन क्षेत्र र त्यसमा पर्ने रुख कटानका लागि चक्रपथको वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदनलाई परिमार्जन गर्ने प्रक्रिया सुरु गरिएको भट्टले बताए ।
यसै बिच नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्किले आलोक चक्रपथको काम तत्काल सुरु गर्न ग्रामीण सडक सन्जाल आयोजनाका संयोजक भट्टलाई निर्देशन दिएका छन ।
चक्रपथको वातावरणिय प्रभाव मुल्यांकन परिमार्जनका लागि सार्वजनिक सुनुवाई,लागत अनुमान अध्यावधिक लगाएतका आवश्यक प्रक्रिया माघ महिना भित्रै सुरु गर्न निर्देशन दिएका छ्न ।
कूल ३८ किलोमिटर लम्बाइको यस चक्रपथले तीन पालिकाभित्रका ग्रामीण क्षेत्रमा पर्ने वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने हुँदा चक्रपथको निर्माणले ग्रामीण क्षेत्रका बस्तीलाई बजार क्षेत्रसँग सहज पहुँच दिने सांसद कार्कीले बताए ।
सांसद कार्की,हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मी देवि पाण्डे सहितको टोलिले मङ्गलबार कार्यालयमै पुगेर आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन ।
यस अघि तयार गरिएको चक्रपथको वातावरणिय प्रभाव मुल्यांकन परिमार्जनका लागि चक्रपथ क्षेत्र भित्र ४ ठाउँमा सार्वजनिक सुनुवाई गर्नुपर्ने हुन्छ ।
कावासोती, मध्यविन्दु र हुप्सेकोटका विभिन्न वडाका ठूलो जनसंख्या लाभान्वित हुने यो चक्रपथ नवलपुर जिल्लाकै महत्वपूर्ण योजनाको रुपमा रहेको छ ।
Facebook Comment