नवलपुर विद्युत व्यवसायी सङ्घको चौथो वार्षीक साधारणसभा सम्पन्न

NAWALPUR TIMES

नवलपुर विद्युत व्यवसायी सङ्घको चौथो वार्षीक साधारणसभा सम्पन्न
431856726 431766742574172 53751855510714668 n

गैंडाकोट । नवलपुर विद्युत व्यवसायी सङ्घले आफ्नो चौथो वार्षीक साधारणसभा पिप्रहर होमस्टे ग्रामको सभाहलमा शनिबार सम्पन्न गरेको छ । विद्युत व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसीको प्रमुख आतिथ्यतामा वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको हो ।


साधरणसभामा महासङ्घका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, महासघका पूर्व अध्यक्ष तेजनारायण खरेल, महासंघ सदस्य राजेश गौतम, बागमती प्रदेश संयोजक सरोजकुमार रेग्मी, गण्डकी प्रदेश सचिव गिरिराज बराल, लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोखरेलको उपस्थितीमा साधरण सभा सम्पन्न भएको  हो ।
साधरणसभामा बोल्दै प्रमुख अतिथि जिसिले व्यापारिक सम्बन्ध बिस्तारका लागि गठन भएको जिल्ला तथा नगर सङ्घले आफ्ना सदस्यको व्यावासायिक एकतामा जोड दिनुपर्ने बताएका थिए । ।


सभामा नेपाल विद्युतीय महासङ्घ केन्द्रसँग आवद्ध भएका विभिन्न जिल्ला÷नगर संघका अध्यक्ष, जनप्रतिनिधि, पत्रकार तथा सङ्घका सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा सङ्घका सचिव दिपक सुवेदीले सचिव प्रतिबेदन, कोषाध्यक्ष नवराज पौडेलले आर्थिक  प्रतिबेदन प्रस्तुत सभाको राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए । साधरणसभा जिल्ला अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology