वैशाख १२ देखि राइनो संरक्षण गोल्डकप हुने

NAWALPUR TIMES

वैशाख १२ देखि राइनो संरक्षण गोल्डकप हुने

कावासोती । नवलपुरको मध्यविन्दु-२ कोल्हुवामा आठौं संस्करणको राइनो संरक्षण कप वैशाख १२ दखि २३ गतेसम्म सञ्चालन हुने भएको छ ।

विगत २० वर्षदेखि राइनो क्लब मध्यविन्दुले सञ्चालन गर्दै आएको प्रतियोगितामा विभागीय नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टिम, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका साथ भारतको कोलकाताको एक टिमलगायत १२ टिम सहभागी हुँदैछन् ।

नवलपुरको मध्यविन्दु-४ स्थित राइनो रंगशालामा खेल सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, दोस्रोलाई ४ लाख नगद , शिल्ड र प्रमाणपत्र दिइनेछ ।सेमिफाइनलमा पुग्ने सबै टिमलाई एन्फाको नियमानुसार सुविधा उपलब्ध गराइने राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । एकसिंगे गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष यो खेल आयोजना हुँदै आएको छ ।

यसअघि नन्दभाउनु मध्यवर्ती उपभोक्ता समिति र चितवन राष्ट्रिय निकुञ्जको आयोजनामा हुने खेल अघिल्लो वर्षबाट राइनो क्लबले संचालन गर्दै आएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद‍्का सदस्य-सचिव श्रीधर शर्माले मुलुकभरि नै वन र वन्यजन्तुको संरक्षणको लागि जनचेतनासँगै खेललाई विकास गर्न प्रतियोगिता महत्त्वपूर्ण भएको बताए ।

२० वर्षअगाडि भाले कपबाट सुरु भएको खेल २०७० सालदेखि एकसिंगे गैंडाको संरक्षणमा जनचेतना जगाउनका लागि प्रतियोगिता आयोजना हुँदै आएको छ । राइनो क्लबले आगामी दिनमा एकसिंगे गैंडा पाइने मुलुकहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने पनि लक्ष्य लिएको जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology