बौदीकाली मोटरसाइकल दुर्घटनामा घाईते ईस्लामीको मृत्यु

NAWALPUR TIMES

बौदीकाली मोटरसाइकल दुर्घटनामा घाईते ईस्लामीको मृत्यु

कावासोती । बौदीकाली गाउँपालिकाको वडा नं १ मचेडीमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा घाईते भएका रनबहादुर ईस्लामीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेका बौदीकाली-२ का रनबहादुर ईस्लामीको मृत्यु भएको हो भने मोटरसाइकल चालक बौदीकाली-३ बस्ने खिमबहादुर ठाडा घाईते भएका हुन ।

डेढगाउँ बाट कालीगण्डकी करिडोर हुँदै कावासोती आउदै गरेको लु ४६ प २३८१ नं.को मोटरसाइकल बौदीकाली-१ मचेडीमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पताल ल्याईएकोमा ईस्लामीलाई चिकित्सकले मंगलबार साँझ मृत घोषणा गरेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology