कावासोती । अर्थमन्त्री डा.प्रकाशशरण महतले नारायणगढ-बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा ठेकेदार दोषी भएको बताएका छन् ।
मंगलबार नवलपुरको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नारायणगढ-बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारका कारण ढिलाइ भइरहेको बताएका हुन् ।
ग्लोबल टेन्डरअनुसार न्यून मूल्यमा ठेक्का सकार्ने र काम फटाफट नगर्नुमा ठेकेदार दोषी भएको अर्थमन्त्री महतको भनाइ छ । ‘पैसा दिएको छ । नियमन गर्ने निकाय पनि छ तर काम भएको छैन,’ उनले भने । यसबारेमा आफूले सरोकारवाला निकायमा जानकारी गराउने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए । सडक विस्तारलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउनेसमेत उनले बताए ।
फरक प्रसंगमा अर्थमन्त्री महतले संघीयताबाट पछि हट्ने प्रश्नै नआउनेसमेत बताए ।
प्रकाशित : २०८० मंसिर १९ गते १३:३३
Facebook Comment