कावासोतीमा दुईवटा बस एक आपसमा ठोक्किदा ४ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ८ गते ७:५६
कावासोतीमा दुईवटा बस एक आपसमा ठोक्किदा ४ जना घाईते

कावासोती । कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

गए राती साढे ३ बजे कावासोती नगरपालिकाको वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क.प्रदेश ०२–००१ ख ०७३७ नं.को बस र विपरीत दिशामा गुडिरहेको म.प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १४ बस्ने १९ वर्षीय ललित थापा, सोही ठाउँका २४ वर्षीय सञ्जय थापा, मकवानपुर बागमती गाउँपालिका .५ का २५ वर्षीया मोनिका वि.क. र बारा आदर्श गाउँपालिका २ का २६ वर्षीय नरेन्द्र पटेल  घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादु्र पौडेलले जानकारी दिए ।

घाइतेहरूको मध्य विन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुवै बसका चालक र बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० भदौ ८ गते ७:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI