कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापना हुने

NAWALPUR TIMES

कावासोती । नवलपुमा आउँदो भदौभित्र जिल्ला हुलाक कार्यालय स्थापना हुने भएको छ । हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक किर्तनराज पौडेलले नवलपुरको सदरमुकाम कावासोतीमा कार्यालय रहने गरी जिल्ला हुलाक कार्यालय स्थापना गरिने जानकारी दिए ।

संविधानअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा साबिकको हुलाक कार्यालय पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको छ ।

जिल्ला हुलाक कार्यालय नहुँदा रेडियो, एफएमको राजस्व बुझाउने र नवीकरण, पोस्ट बक्स नम्बर लिनेलगायत कामका लागि परासी धाउनुपर्ने बाध्यता छ । हुलाक विभागले कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापनाका लागि निर्णय गरेको र अर्थमन्त्रालयबाट समेत स्वीकृत भएकाले भदौमा कार्यालय स्थापना हुने पौडेलले जानकारी दिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology