हुप्सेकोटमा घरेलु मदिरालाई ब्राण्डिङ गरिने

NAWALPUR TIMES

हुप्सेकोटमा घरेलु मदिरालाई ब्राण्डिङ गरिने
received 1342890822989309

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा घरेलु मदिरालाई ब्राण्डिङ गरिने भएको छ ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डेले  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष देखि घरेलु मदिरालाई ब्राण्डिङ जानकारी दिएकी हुन।

अध्यक्ष पाण्डे द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा संघ तथा प्रदेश सरकारको सहयोगमा स्थानिय मदिरालाई आधुनिक प्रविधिबाट सुधार गरि ब्राण्डिङ गर्ने कार्यका लागि पहल गरिने उल्लेख गरिएको छ ।

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology