कावासोती । नवलपुर प्रहरीले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
नवलपुरको कावासोती १६ चालिसकीलो स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरीको टोलीले ना ५ ख ६३३३ नं को बस चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार काभ्रेपलान्चोक ज्याग्दी गाउँपालिका वडा नं ८ बस्ने २८ वर्षीय राज बि.कलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले बताए ।
पक्राउ परेका बि.कको साथ बाट फेनारागन १०० एम्पुल,नुर्फिन १०० एम्पुल,डाईजापाम १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध बरामद गरिएको छ । पक्राउ परेका बि.कलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।
प्रकाशित : २०८० असार ६ गते ९:५४
Facebook Comment