भ्रष्टाचारीलाई एक एक गरि कानुनको कठघरामा उभाईने छ : अध्यक्ष लामिछाने

NAWALPUR TIMES

भ्रष्टाचारीलाई एक एक गरि कानुनको कठघरामा उभाईने छ : अध्यक्ष लामिछाने
1

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीलाई एक एक गरि कानुनको कठघरामा उभाईने बताएका छ्न ।

पार्टीको क्षेत्रीय भेलालाई सम्बोधन गर्न मंगलबार नवलपुरको देवचुली आएका अध्यक्ष लामिछानेले जनताको रगत पसिना चुसेर राज गरेका भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने बताउदै देशलाई कंगाल बनाउनेहरुकसैलाई पनि उनमुक्ती नदिने घोषणा गरेका हुन ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले पुराना पार्टीहरुबाट देशको भविष्य उज्जवल नदेखिएको हुँदा आगामी निर्वाचन बाट आफ्नो दल ठूलो पार्टी बन्ने र जनताले खोजेको परिवर्तनलाई साकार पार्ने दाबी समेत गरे । आफ्नो पार्टी परिवर्तनको एजेन्डा बोकेको पार्टी भएकाले पार्टी भित्र परिवारबाद, कृपावाद, चाकडीवादको स्थान नरहेको र जनताले परिवर्तन खोजिरहेको यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तन गर्ने हुटहुटी लिएर जनता माझ आएको लामिछानेले बताएका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology