हुप्सेकोटका १ सय ५ भूमिहिन दलित र सुकुम्बासी लाई जग्गाधनी प्रमाण पुर्जा वितरण

NAWALPUR TIMES

हुप्सेकोटका १ सय ५ भूमिहिन दलित र सुकुम्बासी लाई जग्गाधनी प्रमाण पुर्जा वितरण
received 246236408123069

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकाका १ सय ५ जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

शनिबारराष्ट्रिय भूमि आयोग नवलपुरले हुप्सेकोटमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गाउँपालिकाको वडा नं २ मा रहेका ५६ जना भूमिहिन दलित र ४९ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी हुन ।

जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भूमिको समुचित उपयोग गरी उत्पादन वृद्धि तर्फ ध्यान दिनुपर्ने बताईन । संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री चौधरीले भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई भूमि माथीको पहुँच पुर्‍याउने कार्य तीन तहका सरकारको साझा सुचिमा समावेश भएको बताईन ।

भूमि अधिकारबाट कुनै पनि नागरिकलाई बञ्चित नगर्ने संवैधानिक व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न हरेक परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउनु राज्यको मुख्य दायित्व रहेको र यो दायित्व पूरा गर्न सरकार सदैव संवदनशिल भएको समेत बताउँदै मन्त्री चौधरीले आजको आफ्नो उपस्थिति पनि यही दायित्व पुरा गर्ने सरकारको प्रतिबद्धताको रूपमा बुझिदिन समेत आग्रह गरेकी हुन ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेले वडा नम्बर २ बाट सुरु भएको पुर्जा बितरणको काम सबै वडामा सुरु गरिने जानकारी दिईन । अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला,उपाध्यक्ष नहेन्द्र खड्का गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, गण्डकी प्रदेशका वन वातावरण उद्योग तथा पर्यटन मन्त्री दिपेन्द्र थापा, राष्ट्रिय भूमि आयोगका केन्द्रिय सदस्य भैरवराज रेग्मी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति नवलपरासी (ब.सु.पू.) का अध्यक्ष तारापति खरेल, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology