पानीमा डुबेर नवलपुरमा चार दिनमा पाँच जनाको ज्यान गयो

NAWALPUR TIMES

पानीमा डुबेर नवलपुरमा चार दिनमा पाँच जनाको ज्यान गयो
dubera mritu DVlURYUrKP

कावासोती । नवलपुरमा पछिल्लो चार दिनमा पानीमा डुबेर पाँच जनाको ज्यान गएको छ ।

पछिल्लो चार दिनमा ज्यान गुमाउनेमा २ जना बालबालिका समेत रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन श्रेष्ठका अनुसार गत शनिबार यता कालीगण्डकी नदीमा २ जना, अरुणखोलामा २ जना र ज्यामिरे खोलामा १ जनाको पानीमा डुबेर ज्यान गएको हो । गर्मी छल्नका लागि पौडी खेल्न जाँदा उनिहरुको डुबेर ज्यान गएको हो ।

मंगलबार जिल्लाको मध्यविन्दु-१० मा रहेको अरुणखोला पुल तल पौडी खेल्ने क्रममा १३ वर्षीय महेश खान्गाको ज्यान गएको छ । साथीहरु सँग पौडी खेल्न अरुणखोला पुल तल गएका खान्गा पानीमा डुबे पछि अचेत अवस्थामा प्रहरी र स्थानियले उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसै गरि गत जेठ २७ गते शनिबार गैडाकोट ३ केलादी स्थित काली गण्डकी नदीमा नुहाउन गएका चितवनको रत्नगर २ टाँडी निवासी २४ बर्षीय सुरज सुवेदी र नवलपुरका गैडाकोट २ निवासी २५ बर्षीय रमेश चालिसेको पनि डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसै गरि जेठ २८ गते आईतबार जिल्लाको मध्यविन्दु-१४ बतासामा रहेको मुखे ढुङ्गा पानी रहमा साथीहरु सँग पौडी खेल्न गएका जनता माध्यमिक विद्यालय अरुणखोला टाँडीका ३१ वर्षीय शिक्षक कृष्ण सुवेदीको ज्यान गएको हो भने सोही दिन नवलपुरकै विनयी त्रिवेणी गाउँपालिका २ निवासी १३ बर्षीया बालिका जुनु खड्का ज्यामिरे खोलामा डुबेर निधन भएको छ । घर नजिकै घाँस काट्न गएकी जुनु घाँस काटेर सकि ज्यामिरे खोलामा गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology