नवलपुरमा १० महिनाको अवधिमा ६४ सवारी दुर्घटना : २६ जनाको मृत्यु

NAWALPUR TIMES

नवलपुरमा १० महिनाको अवधिमा ६४ सवारी दुर्घटना : २६ जनाको मृत्यु

कावासोती । नवलपुरमा चालु आ.वको १० महिना मा ६४ वटा सवारी दुर्घटना हुदाँ २६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार चालु आ.वको १० महिना जिल्लाका विभिन्न स्थानमा ६४ वटा सवारी दुर्घटना परेर २६ जना को मृत्यु भएको हो ।

चालु आ.वको १० महिना मध्ये मंसिर महिनामा सबै भन्दा धेरै १२ वटा सवारी दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय नवलपुरका अनुसार ६४ वटा सवारी दुर्घटनामा परेर ७७ जना गम्भिर घाईते तथा ९२ जना सामान्य घाईते भएका हुन ।

६४ वटा सवारी दुर्घटना मध्ये सबै भन्दा धेरै विनयी त्रिवेणी गाउँपालिकामा १७ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । विनयी त्रिवेणीमा भएको १७ वटा दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर जिल्लाको हुप्सेकोट र बुलिङ्गटार गाउँपालिकामा ५/५ जनाको मृत्यु भएको छ ।

यसै गरि गैडाकोटमा ८ वटा सवारी दुर्घटनामा २ जना, देवचुलीमा ८ वटा दुर्घटनामा ३ जना, कावासोतीमा १३ वटा दुर्घटनामा २ जना, मध्यविन्दुमा १३ वटा दुर्घटनाम ३ जना र बौदिकालीमा २ वटा दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

बुटवल नारायणघाट सडक खण्डको बिस्तार समयमै नसकिनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, पहाडी क्षेत्रका सडकको स्तरोन्नति नहुनु तथा भित्री ग्रामीण सडकहरुमा तिब्र गतिमा सवारी हाक्नु दुर्घटनाका मुख्य कारणहरु भएको नवलपुर ट्राफिक प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology