कावासोती । नवलपुरमा नारायणीमा डुबेर २ जनाको ज्यान गएको छ ।
मध्यविन्दु २ कोल्हुवा बस्ने सोमबहादुर बोटे र उनकी श्रीमती बगरी बोटेको नारायणीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मध्यविन्दु-२ नन्दपुर बाट निगुरो टिप्न नारायणी नदि तर्ने क्रममा नारायणी डुबेर बेपत्ता भएका उनिहरुको खोजी गर्ने क्रममा दुवैजनाको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।
मृतकहरुको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८० जेठ १ गते ७:५६
Facebook Comment