राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्वी नवलपरासीको भवन निमार्णकालागि २० लाख संकलन

NAWALPUR TIMES

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्वी नवलपरासीको भवन निमार्णकालागि २० लाख संकलन
received 165572913107975

कावासोती  । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्वी नवलपरासीको भवन निर्माणकालागि एकै दिन २० लाख नगद संकलन भएको छ । कावासोती नगरपालिका वडा नम्बबर ६ मा निर्माण हुने प्रतिस्ठानको कार्यालय भवनकालागि दाताहरुले स्वेच्छिक नगद दान गरेका हुन ।

शनिवार कावासोतीको हात्तिखोर स्थित पोखरी तालमा आयोजित चियापान कार्यक्रममा दाताहरुले भवनकालागि नगद दिने घोषणा गरेका हुन । भवन निर्माणस्थल कावासोती नगरपालिका ६ नम्बर वडा कार्यालयले ५ लाख नगद दिने घोषणा गरेको छ । वडा अध्यक्ष यामबहादुर थापाले शनिवारको कार्याक्रममा वडा कार्यालयले तत्काल ५ लाख रकम बिनियोजन गरेको र थप रकम नगरपालिकासंग माग गर्ने निर्णय सुनाए ।

त्यसैगरि प्रतिस्ठानका जिल्ला अध्यक्ष बुद्धि घिमिरेले ३ लाख ५३ हजार दिएका छन । कावासोतीकै गौरी गुरुंग, प्रतिस्ठानका पूर्व केन्द्रीय अध्यक्ष रमेश बिजी, चितवनका सूर्य रेग्मी , जिल्लाकै कृष्ण पाण्डे र धामनाथ सापकोटाले एक ,एक लाख भन्दा बढि नगद दिएका छन । प्रतिस्ठानका जिल्ला अध्यक्ष घिमिरेका अनुसार भवनकालागि ५५ हजार भन्दा धेरै दानगर्नेहरु १८ जना छन । त्यसैगरि बिदेशमा रहेका लोक तथा दोहोरी गीतका धेरै पारखीहरुले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएका सुनाए । शनिवार एकै दिन २० लाख नगद जुटेको उनले जानकारी दिए ।

कावासोती नगरपालिका वडा नम्बर ६ को पूर्व टोला भरेनी गाउमा करिब तिन कठठा जग्गामा साढे २ करोडको लागतमा भवन निर्माण कार्य शुरु भएको छ । यो भवनलाई लोक तथा दोहोरी गीतको कार्यालय भवन र संग्राहलय समेत बनाउने लक्ष्य रहेको छ । सरकारी निकाय र इच्छुक दाताहरुवाट सहयोग जुटाएर आगामि २ वर्ष भित्र भवन निर्माणको काम सक्ने लक्ष्य रहेको घिमिरेको दावी छ । प्रतिस्ठान लोक, दोहरी गीतमा रुची राख्ने कलाकारहरुको संस्था हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology