पूर्वी नवलपरासीको केराबारीमा शंकास्पद वस्तु फेला

NAWALPUR TIMES

पूर्वी नवलपरासीको केराबारीमा शंकास्पद वस्तु फेला
received 3382172802055850

कावासोती । पूर्वी नवलपरासी अन्तर्गत महेन्द्रराजमार्गको अरुणखोला बजारबाट ६ किलोमिटर उत्तर खोल्सामा शंकास्पद वस्तु फेला परेको छ । केराबारी भन्ने स्थानमा भेटिएको उक्त शंकास्पद वस्तु बम भएको आशंका भएपछि प्रहरी पुगेको र सेनालाई खबर गरिएको प्रहरी चौकी अरुणखोलाले जानकारी दिएको छ ।

‘हामी घटनास्थलमै छौं, शंकास्पद वस्तु निष्क्रिय बनाउन सेनाको टोली आउँदै छ,’ प्रहरीचौकीका इन्चार्ज सई जगत ढकालले भने, ‘सेनाले भन्ला यो कस्तो वस्तु के हो भनेर ।’

शनिबार जंगल गएकाहरुले केराबारी भन्ने स्थानको जंगल नजिकको खोल्सामा प्वाल पारेर छोडिएको कालो पाइप जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले रातिदेखि नै त्यहाँ सुरक्षा दिएको छ । शंकास्पद वस्तु फेला परेको स्थान मध्यबिन्दु नगरपालिका वडा नम्बर १४ केराबारी भन्ने ठाउँ नजिक जंगल क्षेत्र हो । त्यहाँबाट केही पश्चिम सेनाको ब्यारेक छ ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले मोर्टारको गोला जस्तो वस्तु फेला परेको र अनुसन्धान जारी रहेको टेलिफोनमा बताए । शंकास्पद वस्तु फेला परेको स्थान नजिकै माओवादी सेनाले द्वन्द्वकालमा बनाएको (जनसेनाको) ब्यारेकमा हाल सेना बस्दै आएको छ । त्यो क्षेत्रमा द्वन्द्वकालमा माओवादी गतिविधि बढी हुन्थ्यो ।

करिब एक महिनाअघि पूर्वी नवलपरासीको सर्दी भन्ने स्थान नजिक खेतबारीमा एक दर्जन भन्दा बढी बमका गोला फेला परेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology