नारायणी नदि किनारमा तटबन्ध सँगै सडक बन्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २२ गते १४:३४
नारायणी नदि किनारमा तटबन्ध सँगै सडक बन्दै
tatbandha

कावासोती : पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाको नारायणी नदि प्रभावित तीन वडामा नदि कटान रोक्नका लागि निर्माण गर्न लागिएको तटबन्ध सँगसँगै सडक समेत निर्माण हुने भएको छ । गैंडाकोटको कुसुम घाट देखि थुम्सी सम्म नारायणी नदि व्यवस्थापन एवं तटबन्धन आयोजना अन्तर्गत तटबन्ध सँगसँगै सडक निर्माण गर्न लागिएको हो ।

१ अर्ब ७४ करोड ३० लाख ९४ हजार लागत अनुमान गरिएको आयोजना विस २०८२ को जेठ सम्म सम्पन्न गर्ने गरि श्री रमण÷त्रिवेणी जे.भि मुलपानी काठमाडौँसँग सम्झौता भएको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सिनियर डिभिजनल ईन्जिनियर शेखरनाथ न्यौपानेले बताउनु भयो ।

पहिलो चरणमा गैडाकोट नगरपालिकाको वडा नं २, ६ र ९ मा सन्चालन हुने योजना अन्र्तगत ४ हजार ९ सय ४५ मिटर बाटो उकास सहित क्रंकिट ब्लकको तटबन्धन हुने आयोजनाले जनाएको छ । नदी जन्य पदार्थ (रिवर बेड मटेरियल) को प्रयोग गरि करिव ७ मिटर उचाइको तटबन्ध निमार्ण गरिने तटबन्धको माथिल्लो भागमा ७.५ मिटरको बाटो बन्ने ईन्जिनियर न्यौपानेले बताउनु भयो । उहाँका अनुसार नदी तर्फ ११ मिटर लम्बाइमा कंकृट ब्लकको लन्चिङ तथा रिवर बेड मटेरियलको प्रयोग गरि बनाइने बाँधको नदी तर्फको स्लोपमा १३ मिटर लम्बाइको सिमेन्ट कंकृट को संरचना बन्ने छ । यसरी बनाइएका सिमेन्ट कंकृट ब्लकहरुलाइ स्टिलको केवल (तार) ले एक आपसमा जोडिने छ । नेपाल बहिर यस किसिमको प्रयोग गरि ठुला नदीहरुको नदी व्यवस्थापन गर्ने गरिए पनि नेपालमा पहिलो पटक नदी व्यवस्थापनमा यसको प्रयोग गर्न लागिएको ईन्जिनियर न्यौपानेले जानकारी दिनु भयो ।

आयोजना अन्र्तगत गैडाकोट नगरपालिकाको वडा नम्बर २ मा ५०० मिटर, वडा नम्बर ६ मा ६३० मिटर, वडा नम्बर ९ मा ६६५ मिटर, बीपी अन्तर्राष्ट्रिय खेलग्राम क्षेत्रमा ३१ सय ५० मिटर लम्बाईको तटबन्ध र बाटोको काम हुने गैँडाकोट ६ का वडा अध्यक्ष सुभाष चापागाईले बताउनु भयो । आयोजनाले गैडाकोटको थुम्सी क्षेत्रबाट काम सुरु गरिसकेको र आयोजनाका लागी आवश्यक निमार्ण सामाग्री नारायणी नदिबाट निकालेर प्रसोधन गर्न अस्थायी रुपमा क्रसर स्थापना गर्न नगरपालिकाले निमार्ण कम्पनिलाई सहमति दिईसकेको वडा अध्यक्ष चापागाईले जानकारी दिनु भयो । गैँडाकोट नगरपालिका अन्तर्गतको नगर विपद व्यवस्थापन समितिले जल, जमिन, ध्वनि तथा वायु प्रदुषण नियन्त्रण विधि तथा उपायहरु अवलम्वन गरी क्रसर प्लान्ट स्थापनाका लागि सहमति दिएको हो ।

प्रकाशित : २०७९ पुष २२ गते १४:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI