बस र ट्रक ठोकिदा १७ घाईते

NAWALPUR TIMES

बस र ट्रक ठोकिदा १७ घाईते
accident bus

कावासोती ।  नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।

बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताए।रासस

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology