नवलपुरमा ३० हजार बढी मत बदर

NAWALPUR TIMES

नवलपुरमा ३० हजार बढी मत बदर
badarmat Mo3N84JtAi

कावासोती(रासस) । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नवलपुरमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाच्न कार्यालय नवलपुरका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् ।

जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ८६ हजार ६ सय ७० मत खसेकोमा ४ हजार १ सय ३ मत बदर भएका छन । प्रदेश सभा तर्फ क्षेत्र नं १(१)मा कुल खसेको मत ४१ हजार ४ सय १ मध्ये १ हजार ७ सय ४४ मत बदर हुदाँ प्रदेश सभाको क्षेत्र नं १(२) मा १ हजार ७ सय ७७ मत बदर भएका हुन । यो प्रदेश सभा निर्वाचन क्षेत्रमा ४५ हजार १ सय २९ मत खसेको थियो ।

त्यसै गरि क्षेत्र नं २ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ८५ हजार ८८ मत खसेकोमा ३ हजार ४ सय ६२ मत बदर भएका छन । प्रदेश सभा तर्फ क्षेत्र नं २(१)मा कुल खसेको मत ४२ हजार ५ सय ९० मध्ये १ हजार ३ सय ३६ मत बदर हुदाँ प्रदेश सभाको क्षेत्र नं १(२) मा १ हजार २ सय १४ मत बदर भएका हुन । यो प्रदेश सभा निर्वाचन क्षेत्रमा ४२ हजार ४ सय ९६ मत खसेको थियो ।

समानुपातिक तर्फ प्रतिनिधि सभा क्षेत्र नं १ मा ८७ हजार ४ सय ९१ मत खसेकोमा ३ हजार ७ सय ८५ मत बदर भएका छन भने क्षेत्र नं २ मा ८३ हजार ६ सय ८६ मत खसेकोमा ३ हजार ४ सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनु भयो ।

त्यसै गरि प्रदेश सभा तर्फ क्षेत्र नं १(१)मा कुल खसेको मत ४१ हजार २ सय ३१ मा ३ हजार १ सय ६४ मत बदर भएका छन भने क्षेत्र नं १(२)मा कुल खसेको मत ४५ हजार १ सय ४ मा ३ हजार २ सय १९ मत बदर भएका भुसालले बताउनु भयो । प्रदेश सभाको क्षेत्र नं २(१)मा कुल खसेको मत ४२ हजार ३ सय ९७ मा १ हजार नौ सय ७८ मत र क्षेत्र नं २(२)मा कुल खसेको मत ४२ हजार ६ सय २८ मा १ हजार ७ सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिनु भएको हो ।

धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताउनु भयो । उहाँल ेभन्नु भयो, ’केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।’ यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नवलपुरमा २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका थिए । यहाँ प्रतिनिधिसभामा क्षेत्र नं १ र २ मा नेपाली कांग्रेसका डा. शशांक कोईराला र विष्णुकुमार कार्की, प्रदेश सभा निर्वाचन क्षेत्र नं १(१) मा महेन्द्रध्वज जिसी, १(२)मा एमालेका रोशनबहादुर गाहा, २(१) र २(२)मा एमालेका पद्यमा जिसी श्रेष्ठ र लक्ष्मणबहादुर पाण्डे विजयी हुनु भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology