प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछी नवलपुर-२ को मतगणना रोकियो

NAWALPUR TIMES

प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछी नवलपुर-२ को मतगणना रोकियो
1669216876982

कावासोती । नवलपुर क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फको मतगणना रोकिएको छ ।

प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपेटिकामा प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र भेटिए पछि मतगणना स्थगित भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं १ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपेटिका खोलेर मतपत्र मिलाउने क्रममा प्रदेश प्रत्यक्ष तर्फका मतपत्र भेटिए पछि मतगणना स्थगित भएको मतगणनामा सहभागी प्रतिनिधिहरुले जनाएका छ्न । १०० भन्दा धेरैको संख्यामा प्रदेश प्रत्यक्ष तर्फको मतपत्र प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतपेटिकामा फेला परेको हो ।

मतगणनालाई कसरी अगाडि बढाउने विषयमा छलफल चलिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology