कावासोती । नवलपुरको निर्वाचन क्षेत्र नम्बर एकको मतगणना अहिले सांझ साढे ७ बजेबाट शुरु भएको छ ।
आइतवार सम्पन्न मतदानमा देबचुली नगरपालिका वडा नम्बर ४ को एउटा मतदान केन्द्रको मतपेटिमा आग्जनी गरिएपछि त्यहा सोमवार पुनः मतदान गरिएको हो । पुनः मतदान सकिएर मतपेटिका आए पछि मतगणना सुरु भएको हो ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसारका जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एक जना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेको मा ८४ हजार ४ सयले मतदान गरेका हुन ।
यो क्षेत्रमा नेपाली कांग्रेसका शशांक कोईराला , एमालेबाट कुष्ण पौडेल सहितका उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका छ्न ।
प्रकाशित : २०७९ मंसिर ५ गते १९:५१
Facebook Comment